नियम १०
अनुगमन तथा सहजीकरण समितिको बैठक सम्बन्धी व्यवस्था
(१) अनुगमन तथा सहजीकरण समितिको बैठक प्रत्येक महिनामा कम्तीमा एक पटक बस्नेछ।
(२) अनुगमन तथा सहजीकरण समितिको बैठक सो समितिको संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) अनुगमन तथा सहजीकरण समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगावै सो समितिको सदस्य-सचिवले बैठकमा छलफल हुने विषय सहितको सूचना सबै सदस्यलाई दिनु पर्नेछ ।
(४) अनुगमन तथा सहजीकरण समितिको बैठकको कुल सदस्य सङ्ख्याको एकाउन्न प्रतिशत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(५) अनुगमन तथा सहजीकरण समितिको बैठकको अध्यक्षता संयोजकले गर्नेछ र निजको अनुपस्थितिमा समितिले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ

(६) अनुगमन तथा सहजीकरण समितिको बैठकमा आवश्यकता अनुसार विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
(७) अनुगमन तथा सहजीकरण समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(८) अनुगमन तथा सहजीकरण समितिको बैठकको निर्णय बैठकको अध्यक्षता गर्ने व्यक्ति र सदस्य-सचिवले प्रमाणित गर्नेछन्‌।
(९) अनुगमन तथा सहजीकरण समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।